संक्रमणकालीन न्याय सम्बन्धी बाँकी रहेका कामहरु दुई वर्षभित्रमा सम्पन्न हुन्छः सञ्चारमन्त्री शर्मा
काठमाडौं, २५ फागुन। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संक्रमणकालीन न्याय सम्बन्धी बाँकी रहेका कामहरु दुई वर्षभित्रमा सम्पन्न गर्ने बताएकी छन्। बिहीबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सरकारले संसदमा दर्ता गरेको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन,२०७१ लाई संशोधन गर्न बनेको विधेयकमा आयोगको अवधि दुई वर्षका लागि तोकिएको जानकारी दिइन्। ‘यो विधेयक त छिट्टै पास हुन्छ,’उनले भनिन्।
प्रतिक्रिया दिनुहोस्