संक्रमणकालिन न्यायको प्रक्रियाबाट टुंग्याउनुपर्ने विषयहरुमा हामी सबै चुक्यौंः महामन्त्री गगन थापा
काठमाडौं, २५ फागुन। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संक्रमणकालिन न्यायको प्रक्रियाबाट टुंग्याउनुपर्ने विषयहरुको सन्दर्भमा सबै पार्टीहरु चुकेको बताएका छन्। बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले सरकारले दर्ता गरेको संक्रमणकालिन सम्बन्धी विधेयकलाई सर्वस्वीकार्य हुनेगरी संसदको यही सत्रबाट पारित गर्नुपर्ने जनाए। ‘अब यो विषयमा यो दल, त्यो दल, सरकार पक्ष÷प्रतिपक्ष केही नभनिकन एक ठाउँमा आएर टुंग्याउने कुरा प्राथमिकताका साथ राख्नुपर्छ र टुंग्याउनुपर्छ,’उनले भने।
प्रतिक्रिया दिनुहोस्