आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ः पपुवा न्युगिनीमाथि नेपालले ५२ रनको जित निकाल्यो काठमाडौं, २५ फागुन। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको क्रिकोणात्मक सिरिजमा नेपालले आज पपुवा न्युगिनी(पीएनजी)लाई ५२ रनले हराएको छ। नेपालले पहिला ब्याटिङ गर्दै पीएनजी सामु २९८रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा ब्याटिङ गर्न आएको पीएनजीले ४७.१ओभरमा सबै विकेट गुमाएर २४५रन जोडेको थियो। खेलमा नेपालका सन्दीप लामिछानेले सबैभन्दा बढी ४विकेट लिएका थिए। पीएनजीको लागि सबैभन्दा बढी नर्मन भानुवाले ६०रन जोडेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्