संक्रमणकालीन न्याय सम्बन्धी विधेयक हुलमूलमा पास गरे जटिल अवस्थाको सिर्जना हुनसक्छः गोकुल बाँस्कोटा काठमाडौं, २५ फागुन। नेकपा(एमाले)का नेता गोकुल बाँस्कोटाले संक्रमणकालीन न्यायको विषय मानवअधिकारसँग जोडिएकाले सत्ता र शक्तिको लेखाजोखा तथा स्वार्थका लागि गर्न नहुने बताएका छन्।बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सरकारले विधेयक ल्याएपनि समितिमा छलफल नगरी हुलमुलमा पारित गरेमा जटिल अवस्था आउने चेतावनी उनले दिए।‘हुलमुलमा पास गरे जटिल अवस्थाको सिर्जना हुनसक्छ,’उनले भने। माओवादी आन्दोलन कुनै क्रान्ति नभएर संगठित हिंसा र आतंक भएको उनले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्