नेप्से परिसूचक ५०.०४ अंकले वृद्धि, १ अर्ब ५६ करोडभन्दा बढीको कारोबार
काठमाडौं, २५ फागुन। साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ। पछिल्लो एक हप्तादेखि निरन्तर रुपमा गिरावट हुँदै आएको नेप्से परिसूचक बिहीबार ५०.०४ अंक बढेर २००२.७० बिन्दुमा पुगेको छ। बिहीबार कारोबारमा आएका २६२ कम्पनीको ४५ लाख ६६ हजार कित्ता शेयर १ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ।
प्रतिक्रिया दिनुहोस्