माओवादी धारका पार्टीले २८ गते संयुक्त पत्रकार सम्मेलन गर्ने
काठमाडौं, २६ फागुन। माओवादी धारका पार्टीहरुले फागुन २८गते संयुक्त पत्रकार सम्मेलन गरी शान्ति प्रक्रियाको उल्लंघन गर्ने खालका प्रवृत्तिहरुको खण्डन गर्ने भएका छन्। शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी धारका नेताहरुको बैठकले शान्ति प्रक्रियालाई स्थापित गर्ने प्रक्रियाहरु अघि बढाउन संयुक्त अपिल प्रकाशन गर्र्नेे र फागुन ३०गते नागरिक समाजसँग शान्ति प्रक्रियाको बारेमा अन्तरक्रिया गर्ने निर्णय गरेको नेकपा(माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले बताए।
प्रतिक्रिया दिनुहोस्