निर्वाचन आयोगले राष्ट्रपतिको लिङ्ग/समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपति उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न दियो निर्देशन
काठमाडौं, २६ फागुन। निर्वाचन आयोगले राष्ट्रपतिको लिङ्ग वा समुदायभन्दा फरक हुने गरी उपराष्ट्रपति उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय गरेको छ। ‘उपराष्ट्रपति पदको मनोनयनपत्र दर्ता गर्दा राष्ट्रपतिको पदमा निर्वाचित व्यक्तिको लिङ्ग वा समुदायभन्दा फरक लिङ्ग वा फरक समुदायको व्यक्तिको मनोनयनपत्र मात्र दर्ता गर्ने व्यहोरा उल्लेख गरिएको छ,’ आयोज आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
प्रतिक्रिया दिनुहोस्