जसपालाई उपराष्ट्रपति दिने निर्णय भइसकेको छैनः कांग्रेस उपसभापति खड्का काठमाडौं, २६ फागुन। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले उपराष्ट्रपति निर्वाचनको बारेमा केही समझदारी र सहमति भएपनि जनता समाजवादी पार्टी(जसपा)लाई उपराष्ट्रपति दिने भन्ने बारेमा निर्णय नभइसकेको बताएका छन्।शुक्रवार ललितपुरमा आयोजित एक कार्यक्रमा बौल्दै उनले छिट्टै गठबन्ध्नको बैठक बसेर औपचारिक निर्णय गर्ने स्पष्ट पारे।‘जसपालाई उपराष्ट्रपति दिनेकुरा ८ दलको बीचमा प्रवेश गरिसकेका छैन त्यसैले ८ दलको बैठक बसेर औपचारिक निर्णय हुन्छ,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्