जनताको निराशालाई आशामा बदल्छुः नवनिर्वाचित राष्ट्रपति पौडेल
काठमाडौं, २६ फागुन। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले जनताको अधिकारमाथि खेलवाड गर्न नहुने बताएका छन्। शुक्रवार विपी संग्रहालय सुन्दरीजल पुगी पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोईरालाको शालिकमा माल्यार्पण गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशलाई नयाँ दिशा दिनु आजको आवश्यक्ता रहेको जनाए।‘अहिले जनतामा निराशा जस्तो देखिएको छ।जनताको निराशा हटाउँदै आशा र उत्साहको सञ्चार गराएर सम्पूर्ण लोकतन्त्र प्रेमिहरुमा नयाँ जागरण ल्याएर देशमा उन्नतीको बाटो समात्नुपर्छ,’उनले भने।
प्रतिक्रिया दिनुहोस्