आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ः पीएनजीले यूएईलाई दियो २४७ रनको लक्ष्य
काठमाडौं, २६ फागुन। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमामा आज पपुवा न्युगिनी (पीएनजी)ले युनाईटेड अरब इमिरेट्स (यूएई)लाई २४७ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा पीएनजीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २४६ रन जोडेको हो। खेलमा यूएईले टस जितेर पहिला फिल्डिङ रोजेको थियो। पीएनजीको लागि सबैभन्दा बढी सेसे बाउले ८१ रन जोडेका छन्।
प्रतिक्रिया दिनुहोस्