प्रधानमन्त्री दाहालले माओवादी धार बोके कांग्रेसले साथ दिन सक्दैनः मिनेन्द्र रिजाल काठमाडौं, २६ फागुन। नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले प्रधानमन्त्री पुष्पकमल दाहालले माओवादी पुष्ठभुमिका नेताहरुलाई मिलाएर सोही अनुरुपको राजनीतिक धार बोकेमा कांग्रेसले साथ दिन नसक्ने बताएका छन्। प्रधानमन्त्रीले माओवादी धार बोकेमा राजनीति दूरदर्शी नठहर्ने उनले जनाए। ‘सरकारले माओवादी धार बोक्नुपर्छ भन्नुभयो भने बिस्तारै उहाँले नचाहँदा नचाहँदै कांग्रेसलाई हिजोको संसदीय फाँटका राजनीतिक दलहरुसँग एकै ठाउँमा उभिने बाध्यतामा पुर्‍याइदिनु होला,’ उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्