आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ः यूएईमाथि पपुवा न्युगिनीले निकाल्यो ५६ रनको जित काठमाडौं, २६ फागुन। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज पपुपा न्युगिनी (पीएनजी)ले युनाइटेड अरब इमिरेट्स (यूएई)लाई ५६ रनले हराएको छ। कीतिपुरस्थित त्रिवि मैदानमा भएको निर्धारित ५० ओभरको खेलमा पीएनजीले पहिले ब्याटिङ गर्दै ९ विकेटको क्षतिमा २४६ रन जोडेको थियो। जवाफमा ब्याटिङ गर्न आएको यूएईले ४२.२ ओभरमा सबै विकेट गुमाई मात्र १९० रन बनाएको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्