१५ दिनभित्र आफैँ उपस्थित भइ वा प्रतिनिधिमार्फत लिखित जवाफ दिन प्रधानमन्त्रीलाई सर्वोच्चको आदेश
काठमाडौं, २६ फागुन। सर्वोच्च अदालतले प्रधानमन्त्री तथा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालविरुद्धको मुद्दामा अन्तरिम आदेश दिन नपर्ने निर्णय गरेको छ।सर्वोच्चले प्रधानमन्त्रीको नाममा निवेदकको मागअनुसार आदेश किन जारी गर्न नपर्ने हो भन्दै कारण देखाउ आदेश जारी गरेको छ।दाहालले द्वन्द्वकालमा मारिएका पाँच हजारको जिम्मेवारी लिने भन्दै दिएको अभिव्यक्तिलाई आधार बनाई प्रक्राउ गरी अनुसन्धानको माग गदै सर्वोच्चमा दुई वटा रिट दायर भएका थिए।
प्रतिक्रिया दिनुहोस्