प्रचण्डमाथिको मुद्दा जनयुद्ध माथिको आक्रमण हो, कुनैपनि जवाफ दिन तयार छौँः महासचिव विप्लव काठमाडौं, २६ फागुन। नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनयुद्धलाई अपराधिकरण गरेर उपलब्धिहरुको बिनाश गर्न प्रधानमन्त्री पुष्पकमल दाहालमाथि मुद्दा लगाइएको बताएका छन्। शुक्रबार पत्रकार सम्मेलनमा उनले नेकपा(माओवादी केन्द्र)का अध्यक्ष समेत रहेका दाहालमाथि मुद्दा लगाएर गणतन्त्रलाई दलाल पुँजीपतिको हातमा हाल्दिने षड्यन्त्र गरिएको दाबी गरे।‘जनयुद्धका उपलब्धिहरुलाई विनाश गर्न खोज्ने प्रवृत्तिसँग यो मोर्चा लड्छ। त्यसको कुनैपनि जवाफ दिन हामी तयार छौं,’विप्लवले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्