माओवादी धारका पार्टीहरुको संयुक्त पत्रकार सम्मेलन दिउँसो दुई बजे काठमाडौं, २८ फागुन। माओवादी धारका पार्टीहरुले आज संयुक्त पत्रकार सम्मेलन गर्दैछन्। पत्रकार सम्मेलन दिउँसो २ बजे प्रज्ञा प्रतिष्ठानमा सुरु हुनेछ। सर्वोच्च अदालतले नियमित प्रक्रियाबाट मुद्दा सम्बोधन गर्न थालेपछि सो पहलकदमी विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत भएको भन्दै माओवादी धारका पार्टीहरले प्रतिवाद गर्ने यसअघि नै धारणा सार्वजनिक गरिसकेका छन्। ती पार्टीहरुले सर्वोच्चको पछिल्लो निर्णय प्रति असहमति जाहेर गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्