उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानून व्यवसायीको ध्यानाकर्षण
काठमाडौं, २८ फागुन। उपराष्ट्रपतिमा पुरुष उम्मेदवार हुनु नहुने भन्दै महिला कानून व्यवसायीहरुले निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन्। आइतबार राष्ट्रपति÷उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनीहरुले निर्वाचन अधिकृत महेश शर्मा पौडेललाई भेटेर ध्यानाकर्षण गराएका हुन्।‘संविधानको धारा ७०लगायत राष्ट्रपति÷उपराष्ट्रपतिको निर्वाचन सम्बन्धी कानूनले व्यवस्था गरेअनुसार फरक लिंग र फरक समुदाय पनि हो।त्यसलाई प्रतिनिधित्व गराउने संविधानको प्रश्तावनाअनुसार होस्।पुरुष उम्मेदवारको उम्मेदवारी खारेज गरियोस्,’अधिवक्ता राधिका खतिवडाले बताइन्।
प्रतिक्रिया दिनुहोस्