रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम
काठमाडौं, २८ फागुन। दश दलीय गठबन्धनको तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम रहने भएको छ। आइतबार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले यसबारेमा जानकारी गराएको हो। सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्वाचन अधिकृत महेश शर्मा पौडेलले राष्ट्रपति र उपराष्ट्रपति फरक लिंग र समुदायका दुवै हुनुपर्ने अनिवार्य वा बाध्यात्मक व्यवस्था नरहेकाले उहाँको उम्मेदवारी पनि कायम रहने बताएका हुन्।
प्रतिक्रिया दिनुहोस्