जसपाबाट उपराष्ट्रपतिमा अन्तिम उम्मेदवारको टुंगो पार्टी बैठकबाट हुने काठमाडौं, २८ फागुन। जनता समाजवादी पार्टी(जसपा), नेपालको तर्फबाट उपराष्ट्रपति पदका उम्मेदवार रामसहायपसाद यादवले अन्तिम उम्मेदवारको बारेमा पार्टीमा बैठक बसेर निर्णय हुने बताएका छन्। आइतबार संसद भवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले भने,‘पार्टीको तर्फबाट २ जनाको उम्मेदवारी परेको छ।यो विषयमा पार्टीमा छलफल गरेर अघि बढ्छौं। गठबन्धन र पार्टीमा छलफल गरेर अघि बढ्छौं।’जसपाबाट प्रमिला कुमारी र यादवको उपराष्ट्रपति पदका लागि उम्मेदवारी परेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्