आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ः नेपालले दियो यूएईलाई २४९ रनको लक्ष्य काठमाडौं, २८ फागुन। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा आज नेपालले युनाईटेड अरब इमिरेट्स(यूएई)लाई २४९ रनको लक्ष्य दिएको छ। टस जितेर व्याटिङमा उत्रेको नेपालले निर्धारित ५० ओभरको खेलमा ४९.२ ओभरमा सबै विकेट गुमाउँदै २४८ रनको योगफल तयार पारेको थियो। खेलमा नेपालको लागि सबैभन्दा बढी कप्तान रोहित पौडेलले ७७ रन जोडेका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्