उद्योगी र व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध सुरु गरे आन्दोलन
काठमाडौं, २८ फागुन। उद्योगी तथा व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरविरुद्ध आन्दोलन गरेका छन्। आइतबार माईतीघर मण्डलामा भेला भएर विभिन्न व्यवासायी तथा उद्यागीहरुले आन्दोलन गरेका हुन्। आन्दोलनका क्रममा बोल्दै नेपाल राष्ट्रिय व्यवसायी महासंघका संस्थापक अध्यक्ष नरेश कटुवालले शान्तिपूर्ण आन्दोलन गर्दा बेवास्ता गरेकाले अहिले पुनःआन्दोलन गर्नुपरेको जनाए।माग पुरा नभए राष्ट्र बैंक र संसद भवन घेराउ समेत गर्ने चेतावनी उनले दिए।
प्रतिक्रिया दिनुहोस्