नेपाल भित्रने रेमिट्यान्समा २७.१ प्रतिशतले वृद्धि, सात महिनामा भित्रियो ६ खर्ब ८९ अर्बभन्दा बढी रकम
काठमाडौं, २८ फागुन। चालु आर्थिक वर्ष २०७९/८० को सात महिना (साउन–माघ)मा नेपाल भित्रने रेमिट्यान्समा २७.१ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो सात महिनामा नेपालमा ६ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ४.४ प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स १६.४ प्रतिशतले वृद्धि भई ५ अर्ब ३०करोड पुगेको छ।
प्रतिक्रिया दिनुहोस्