अर्थतन्त्रको सूचकहरुलाई सुधार ल्याउनेतर्फ सरकारको ध्यान केन्द्रित छः प्रधानमन्त्री दाहाल काठमाडौं, २८ फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले अर्थतन्त्रको सूचकहरुमा सुधार ल्याउन ध्यान दिइरहेको बताएका छन्। आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औँ साधारण सभालाई सम्बोधन गर्दै उनले देशमा १० महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न सक्ने वैदेशिक सञ्चिति रहेको जनाए। उनले संकटमा रहेको अर्थतन्त्र सुधारतर्फ गइरहेको बताए। ‘यसले हाम्रो अर्थतन्त्र संकटबाट क्रमशः सुधारतर्फ अग्रसर भइरहेको कुरा देखाउँछ,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्