निर्माण व्यवसायीले गरेका उपेक्षा टुलुटुलु हेरेर बस्न सक्दिन, कारबाहीको प्रक्रियामा जान्छुः मन्त्री श्रेष्ठ
काठमाडौं, २८ फागुन। भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले राष्ट्रलाई नोक्शान हुनेगरी निर्माण व्यवसायीले गरेका कामको उपेक्षालाई टुलुटुलु हेरेर नबस्ने बताएका छन्। आइतबार काठमाडौंमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघको २४औँ साधारण सभालाई सम्बोधन गर्दै उनले निर्माण व्यवसायीहरुले जिम्मा लिएको काम समयमै सम्पन्न नगरेकोप्रति असन्तुष्टि व्यक्त गरेका हुन्। ‘व्यवसायीले गरेका उपेक्षा टुलुटुलु हेरेर बस्न सक्दिन। आवश्यक कारबाहीको प्रक्रियामा जानेछु,’ उनले भने।
प्रतिक्रिया दिनुहोस्