हामी शान्तिपूर्ण तरिकाले राज्यको पुनः संरचना चाहन्छौंः उपाध्यक्ष महरा काठमाडौं, २८ फागुन। नेकपा(माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले राज्यको अग्रगामी पुनःसंरचना हुनुपर्ने बताएका छन्। आइतबार माओवादी धारका ९ दलले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले राज्यको अग्रगामी पुनःसंरचना गर्ने मान्यता राखी वृहत शान्ति सम्झौता गरिएको जनाए। उनले भने, ‘तर अहिले राज्यको पुनःसंरचना होइन, प्रतिगमनको दिशामा अगाडी बढिराखेको छ। वास्तवमा यो लडाइँ अग्रगमन र पश्चगमनको लडाइँ हो। कुनै मुद्दाको विषय होइन।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्