शान्ति प्रक्रियाका बाँकी काम अविलम्व पूरा गर्न माओवादी धारका ९ दलको अपील
काठमाडौं, २८ फागुन। माओवादी धारका ९ राजनीतिक दलहरुले आवश्यक कानून बनाई शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सरकार समक्ष अपील गरेका छन्। आइतबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत संयुक्त अपील जारी गर्दै उनीहरुले द्वन्द्वकालिन घटनाहरुको निरुपण संवैधानिक व्यवस्थाभन्दा बाहिरबाट खोजिनु शान्ति सम्झौताविरुद्ध हुने दाबी गरेका छन्। द्वन्द्वकालिन घटनाको निरुपण गर्ने कार्य सत्य निरुपण तथा मेलमिलाप आयोगबाट हुनुपर्ने भनाई उनीहरुको छ।
प्रतिक्रिया दिनुहोस्