उपराष्ट्रपति निर्वाचनमा उम्मेदवारी दिने ४ जनाले नाम फिर्ता लिएनन् काठमाडौं, २८ फागुन। उपराष्ट्रपति पदका लागि चार जना उम्मेदवारबीच प्रतिष्पर्धा हुने भएको छ। आइतबार निर्वाचन आयोगले दिएको समयावधिसम्म उम्मेदवारी दिएका चार जनामध्ये कसैले पनि उम्मेदवारी फिर्ता लिएनन्। उपराष्ट्रपतिका लागि अब नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य बोहरा,जनता समाजवादी पार्टीबाट प्रमिला कुमारी र रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उपराष्ट्रपति पदको उम्मेदवार रहेको राष्ट्रपति÷उपराष्ट्रपति निर्वाचन कार्यालयका निर्वाचन अधिकृत महेश शर्मा पौडेलले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्