सन्दीपको धारिलो बलिङमा सस्तैमा समेटियो पपुवा न्युगिनी, नेपाललाई दियो ९६ रनको लक्ष्य
काठमाडौं, २९ फागुन। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजमा आज भएको खेलमा पपुवा न्युगिनी(पीएनजी)ले नेपाललाई ९६ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको निर्धारित ५० ओभरको खेलमा पीएनजीले ३२ ओभरमा सबै विकेट गुमाउँदै मात्र ९५ रन जोड्यो। खेलमा नेपालका सन्दीप लामिछाने एक्लैले पाँच विकेट लिएका थिए। खेलमा ललित नारायण राजवंशी र कुशल मल्लले दुई/दुई विकेट लिएका थिए।
प्रतिक्रिया दिनुहोस्