जसपाकी प्रमिला कुमारीले गरिन् उपरराष्ट्रपतिमा दिएको उम्मेदवारी फिर्ता लिने घोषणा
काठमाडौं, २९ फागुन। जनता समाजवादी पार्टी(जसपा),नेपालकी नेता प्रमिला कुमारीले उपराष्ट्रपतिमा दिएको उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी छन्। उनले आज विज्ञप्ति जारी गर्दै उम्मेदवारी फिर्ता लिने घोषणा गरेकी हुन्।जसपाबाट सांसद रामसहाय प्रसाद यादवले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दिएका थिए।‘प्राविधिकरुपमा मेरो नाम उम्मेदवारको सूचीमा रहन गएको भएता पनि प्रतिवद्धताका साथ म वहाँलाई समर्थन गर्दे आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्दछु,’उनले विज्ञप्तिमा भनेकी छन्।
प्रतिक्रिया दिनुहोस्