पपुवा न्युगिनीमाथि नेपालको सानदार जित, आठ ओभर नसकिँदै नेपालले पुरा गर्यो लक्ष्य काठमाडौं, २९ फागुन। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गगत त्रिकोणात्मक सिरिजमा नेपालले आज पपुवा न्युगिनी(पीएनजी)माथि सानदार जित निकालेको छ। निर्धारित ५० ओभरको खेलमा पीएनजीले नेपाललाई ३२ ओभरमा सबै विकेट गुमाउँदै ९६ रनको लक्ष्य दिएको थियो। जवाफमा ब्याटिङ गर्न आएको नेपालले एक विकेटको क्षतिमा ७.४ ओभरमा १०० रन प्रहार गरेको थियो। नेपालले खेल ९ विकेटले जितेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्