अमेरिकाको अर्को एक बैंकमा पनि लाग्यो ताला, इतिहासकै तेस्रो ठूलो असफलता
वाशिङ्टन, २९ फागुन। अमेरिकाको नियामक निकायले आइतबार अर्को एक बैंक बन्द गरेको छ। सिलिकन भ्याली बैंकको असफलताको दुई दिनपछि सिग्नेचर बैंक बन्द गरिएको हो। समाचार एजेन्सी रोयटर्सका अनुसार अमेरिकाको बैंकिङ इतिहासमा यो तेस्रो ठूलो असफल घटना हो। अमेरिकी ट्रेजरी डिपार्टमेन्ट र अन्य नियामक एजेन्सीले सिग्नेचर बैंक र सिलिकन भ्याली बैंकमा रकम जम्मा गर्ने सबै निक्षेपकर्ताको हित संरक्षण गर्ने जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्