वैदेशिक रोजगारीमा जानेको संख्या ५७.३ प्रतिशतले वृद्धि काठमाडौं, २९ फागुन। चालु आर्थिक वर्ष २०७९/८०को सात महिना(साउन–माघ)मा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको संख्या ५७.३ प्रतिशतले बढेको छ। वैदेशिक रोजगार विभागका अनुसार उक्त अवधिमा ३ लाख १४ हजार ७६७ जनाले श्रम स्वीकृति लिएका छन्। त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या सोही अवधिमा १०.१ प्रतिशतले वृद्धि भई १ लाख ६७ हजार ७०८ पुगेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्