सात महिनामा नेपालीको घरमा भित्रियो पौने दुई अर्बभन्दा बढीको मरिच, ल्वाङ, सुकुमेल, जिरा र धनियाँ
काठमाडौं, २९ फागुन। चालु आर्थिक वर्ष २०७९/८०को सात महिना(साउन–माघ)मा विभिन्न देशबाट नेपालले १ अर्ब ८१ करोड ७९ लाख ८७ हजार रुपैयाँको मरिच, ल्वाङ, सुकमेल, जिरा र धनियाँ आयात गरेको छ। भन्सार विभागका अनुसार सो अवधिमा ९४ करोडको जिरा, ३२ करोड ९ लाखको सुकुमेल, ३० करोड २१ लाखको धनियाँ, १८ करोड ७९ लाखको मरिच र ६करोड ६२लाखको ल्वाङ नेपाल भित्रिएको छ।
प्रतिक्रिया दिनुहोस्