नेपाल र चिनियाँ व्यवसायीहरुको बैठकः नेपालमा सम्भावित नयाँ व्यापारको खोजी काठमाडौं, २९ फागुन। नेपाल र चीनका उद्योगी÷व्यवसायीहरुको बैठक चार वर्षपछि सोमबार काठमाडौंमा बसेको छ। बैठकमा नेपालमा नयाँ व्यपारको सम्भावना, लगानी भित्र्याउने, भइरहेका व्यपारमा देखिएका समस्या समाधान गर्ने र सीमानाकाको समस्याका बारेमा छलफल भएको थियो। बैठकमा नेपालीहरुलाई भोकेसनल ट्रेनिङ दिने, व्यापारीहरुलाई चिनियाँ भाषा सिकाउन शिक्षकहरु नेपाल पठाउने विषयमा पनि छलफल भएको नेपाल च्याम्बर अफ कमर्सका उपाध्यक्ष त्रिभुवन तुलाधरले बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्