राष्ट्रपति पौडेलको पहिलो कार्य– राजदूत लम्साललाई मोरोक्कोको लागि गैरआवासीय राजदूत नियुक्त काठमाडौं, २९ फागुन। राष्ट्रपति रामचन्द्र पौडेलले इजिप्टका लागि नेपाली राजदूत सुशीलकुमार लम्साललाई मोरोक्कोको लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गरेका छन्।सोमबार राष्ट्रपतिको सपथग्रहण गरेपछि पौडेलले गरेको यो पहिलो नियुत्ती हो।‘राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २८२को उपधारा(१) बमोजिम इजिप्टका लागि नेपालको आवासीय राजदूत सुशीलकुमार लम्साललाई मोरोक्कोका लागि समेत गैरआवासीय नेपाली राजदूत पदमा नियुक्त गर्नुभएको छ,’राष्ट्रपति कार्यालयको विज्ञप्तिमा उल्लेख छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्