माओवादी धारका पार्टीहरुले नागरिक अगुवा र बुद्धिजीविहरुसँग आज छलफल गर्ने काठमाडौं, ३० फागुन। आज माओवादी धारका नेताहरुले नागरिक अगुवा र बुद्धिजीविहरुसँग छलफल गर्ने भएका छन्। विस्तृत शान्ति सम्झौताका बारेमा माओवादी धारका पार्टीहरुले आज बुद्धिजीवि र नागरिक अगुवाहरुसँग छलफल गर्न लागेका हुन्। यही फागुन २६ गते बसेको माओवादी धारका पार्टीहरुको बैठकले विस्तृत शान्ति सम्झौताबारे संयुक्त पत्रकार सम्मेलन र नागरिक अगुवा तथा बुद्धिजीविहरुसँग छलफल, अन्तरक्रिया गर्ने निर्णय गरेको थियो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्