तोलामै १६ सय रुपैयाँले बढ्यो सुनको मुल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं, ३० फागुन। मंगलबार सुनको मुल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार सुनको मुल्य तोलामै एक हजार ६०० रुपैयाँले वृद्धि भएको हो। यसअनुसार छापावाला सुनको मुल्य प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ र तेजावी सुनको मुल्य प्रतितोला १ लाख ५ हजार २००रुपैयाँमा करोबार भइरहेको छ। यस्तै चाँदीको पनि तोलामा ४५रुपैयाँले बढेर प्रतितोला १हजार ३००रुपैयाँमा कारोबार भइरहेको छ।
प्रतिक्रिया दिनुहोस्