उपराष्ट्रपति निर्वाचनको मौन अवधि मंगलबार राति १२ बजेबाट सुरु हुने
काठमाडौं, ३० फागुन। उपराष्ट्रपति निर्वाचनको मौन अवधि मंगलबार राति १२ बजेबाट सुरु हुँदैछ। उपराष्ट्रपतिको निर्वाचन चैत ३ गते हुँदैछ। निर्वाचन आचारसंहिताअनुसार मतदान हुने ४८ घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म मौन अवधि रहने गर्छ। मौन अवधिमा प्रचारप्रसारलाई निषेध गरिएको हुँदा यस्ता कार्य नगर्न निर्वाचन आयोगले आग्रह गरेको छ। उपराष्ट्रपतिको लागि मतदान चैत ३गते बिहान १०बजेदेखि दिउँसो ३बजेसम्म हुनेछ।
प्रतिक्रिया दिनुहोस्