सरकारले गर्न सकेन पुँजीगत खर्च, सात महिनामा सकियो मात्र ६६ अर्ब ३० करोड काठमाडौं, ३० फागुन। आर्थिक वर्ष २०७९/८० को सात महिना (साउन–माघ)मा संघीय सरकारले मात्र ६ खर्ब ६७ अर्ब ६६ करोड रुपैयाँ खर्च गरेको पाइएको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार सो अवधिमा चालु, पुँजीगत र वित्तीय व्यवस्था खर्च क्रमशः ५ खर्ब ३१ अर्ब ५० करोड, ६६ अर्ब ३० करोड र ६९ अर्ब ८६ करोड रुपैयाँ रहेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्