विदेशी लगानीकर्ताको समस्या समाधान गर्न एकल बिन्दु सेवा सुरु गर्ने सरकारी तयारी
काठमाडौं, ३० फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशी लगानीकर्ताका समस्या समाधान गर्न एकल बिन्दु सेवा सुचारु गर्ने प्रतिवद्धता जनाएका छन्। मंगलवार नेपाल–चाइना बिजनेस फोरम २०२३ लाई सम्बोधन गर्दै उनले एकल बिन्दु सेवा सुुरु गर्न कानून बनाएर संसदबाट पारित गर्ने क्रममा रहेको बताए। सरकारले विदेशी लगानीकर्तालाई चाँडै नै सबै प्रकारका सेवा एउटै ठाउँबाट प्राप्त गर्ने वातावरण मिलाउने घोषणा समेत उनले गरे।
प्रतिक्रिया दिनुहोस्