एक चीन नीतिप्रति प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री दाहालले भने– चीनले प्रतिवद्धता गरेअनुसारको लगानी आएन
काठमाडौं, ३० फागुन। प्रधानमन्त्री पुष्पकमल दाहालले चीन सरकारले प्रतिवद्धता गरेअनुसारको लगानी नेपाल नभित्रिएको बताएका छन्। मंगलवार नेपाल–चाइना बिजनेस फोरम–२०२३ लाई सम्बोधन गर्दै उनले भने,‘पछिल्लो समयमा चीन सरकारले प्रतिवद्धता गरेअनुसारको लगानी आउन सकेको छैन,त्यो अरुलाई दोष दिनुभन्दा हाम्रै सरकारका पोलिसीहरुका कारण हो।’प्रधानमन्त्रीले नेपाल एक चीन नीतिमा स्पष्ट रहेकाले नेपाली भूमि छिमेकीका विरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता समेत व्यक्त गरे।
प्रतिक्रिया दिनुहोस्