नेपालको पूर्वाधार विकासमा सहयोग गर्ने चिनियाँ राजदूतको प्रतिवद्धता, भने– जनस्तरको सम्बन्ध मजबुत बनाउन जरुरी छ
काठमाडौं, ३० फागुन। नेपालका लागि चिनियाँ राजदूता छन सोङले अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति भइरहेको नेपाललाई पूर्वाधार विकासमा सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। मंगलबार काठमाडौंमा आयोजित नेपाल–चाइना बिजनेस फोरम–२०२३ लाई सम्बोधन गर्दै उनले भने, ‘दुई छिमेकी देश चीन र नेपालबीच जनस्तरको सम्बन्धलाई बलियो बनाउनुपर्छ। हामीले दुई देशको व्यापारलाई बढाउँदै जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउन जरुरी छ।’
प्रतिक्रिया दिनुहोस्