मलाई लगाइएका आरोप तथ्यहीन र निराधार छन्ः पूर्वमन्त्री बद्री न्यौपाने काठमाडौं, ३० फागुन। पूर्वमन्त्री बद्री न्यौपानेले विशेष अदालतको फैसला पूर्वाग्रही रहेको आरोप लगाएका छन्। मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले आफ्नो राजनीति सिध्याउन वाह्य र भित्रि शक्ति मिलेर पूर्वाग्रही फैसला गरिएको जनाए। भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतले उनलाई ९वर्ष ६महिना कैद र २०करोड रुपैयाँ बिगो जरिवाना सजाय सुनाइएको थियो। उनले जरिवाना समेत तिर्न नसक्ने बताए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्