जापानमा लगातार संसद बैठकमा अनुपस्थित हुने सांसदलाई गरियो निष्कासित
टोकियो, ३० फागुन। जापानको संसदको माथिल्लो सदनबाट सांसद योशिकाजू हिगाशितानीलाई निष्कासित गरिएको छ। योशिकाजू युट्युवमा चर्चित नाम हो। उनी युट्युवमा राखेका सामाग्रीबाट प्राय चर्चामा रहन्छन्। यूएईमा रहँदै आएका योशिकाजू गतवर्ष सांसद बनेका थिए। संसदको कुनै एक सत्रमा पनि उपस्थित नभएपछि उनलाई गतसाता हाजिर भएर माफी माग्न भनिएको थियो।तर उनले माफी मागेनन्। त्यसपछि अनुशासन समितिले उनलाई निष्कासित गर्ने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्