उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु, प्रचारप्रसार गर्न नपाईने
काठमाडौं, १ चैत। उपराष्ट्रपति निर्वाचनको मौन अवधि सुरु भएको छ। मौन अवधि मंगलबार राति १२बजेटबा सुरु भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले बताए। उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुँदैछ। मतदान हुने दिनकोे ४८घण्टा अघिदेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्म मौन अवधि रहने गर्छ। मौन अवधिमा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न पाइने छैन।
प्रतिक्रिया दिनुहोस्