नेपालसँगको सम्बन्धलाई निकै महत्व दिएको चिनियाँ राष्ट्रपतिको उद्घोष, भने– बीआरआई सहकार्यलाई अगाडि बढाउन इच्छुक छु काठमाडौं, १ चैत। चिनियाँ राष्ट्रपति सी चिनिफिङले नेपाल–चीन सम्बन्धको विकासलाई आफूले निकै महत्व दिएको बताएका छन्। नवनियुक्त राष्ट्रपति रामचन्द्र पौडेललाई पठाएको बधाई सन्देशमा सीले आपसी राजनीतिक विश्वासलाई सुदृढ गर्न, बेल्ट एन्ड रोड इनिसिएटिभ्स (बीआरआई) सहकार्यलाई अगाडि बढाउन र विस्तार गर्न मिलेर काम गर्न इच्छुक रहेको जनाएका छन्। वकास र समृद्धिको रणनीतिक साझेदारीलाई निरन्तर प्रवर्द्धन गर्ने इच्छा उनले व्यक्त गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्