विपद्का घटनाले ११ महिनामा लियो ४६३ जनाको ज्यान, २ अर्ब ४६ करोडभन्दा बढीको आर्थिक क्षति काठमाडौं, १ चैत। विपद्का घटनामा परी पछिल्लो ११ महिनामा देशभर ४६३ जनाको मृत्यु भएको छ। २०७९ वैशाख १ गतेदेखि फागुन मसान्तसम्मको अवधिमा रेकर्ड भएका ३हजार ९१९वटा विपद्का घटनामा उनीहरुको मृत्यु भएको हो। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा विपदका घटनामा ३४जना वेपत्ता भएका छन्। विपद्का घटनाले २अर्ब ४६करोड ६०लाख ७९हजार ५५०रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्