उपराष्ट्रपतिमा गठबन्धनका साझा उम्मेदवार यादवलाई सघाउने कांग्रेसको निर्णय
काठमाडौं, १ चैत। नेपाली कांग्रेसले उपराष्ट्रपति पदको निर्वाचनमा जनता समाजवादी पार्टी,नेपालका उम्मेदवार रामसहायप्रसाद यादवलाई समर्थन गर्ने निर्णय गरेको छ। बुधवार कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो।‘उपराष्ट्रपति निर्वाचनमा गठबन्धन दलहरुका तर्फबाट साझा उम्मेदवार रहनुभएका रामसहायप्रसाद यादवलाई समर्थन गर्ने र संघीय संसद एवं प्रदेश सभाका सदस्यहरुलाई यादवको पक्षमा समर्थन गर्न निर्देशन गर्ने निर्णय भयो,’कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले भने।
प्रतिक्रिया दिनुहोस्