आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ः पपुवा न्युगिनीले दियो यूएईलाई २३५ रनको लक्ष्य काठमाडौं, १ चैत। आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजमा आज पपुवा न्युगिनी(पीएनजी)ले युनाइटेड अरब इमिरेट्स(यूएई)लाई २३५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको निर्धारित ५० ओभरको खेलमा पीएनजीले ७ विकेट क्षतिमा २३४ रन जोडेको थियो। खेलमा पीएनजीको लागि सबैभन्दा बढी असद वालाले ६५ रन जोडेका थिए। यूएईका हजरात बिलालले पीएनजीको ४ विकेट लिएका थिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्