स्वच्छ उर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव छः मुख्यसचिव बैरागी काठमाडौं, १ चैत। नेपाल सरकारका मुख्यसचिव शंकरदास बैरागीले स्वच्छ उर्जा र जलस्रोतको विकासबाट नै नेपालको समृद्धि सम्भव भएको बताएका छन्। बुधवार विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले नेपाल जलस्रोतमा धनी भएकाले स्वच्छ उर्जाको विकास गरी मुलुकलाई समृद्धितर्फ लैजान आवश्यक रहेको जनाए।‘नेपालको समृद्धि स्वच्छ उर्जा जलस्रोतको विकासबाट सम्भव छ।पानीबाट विद्युत उत्पादन गरी पानीलाई धनमा परिणत गर्नुछ,’उनले भने।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्