मलमा अनुदान कटौति गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलनको कार्यक्रम घोषणा
काठमाडौं, १ चैत। विभिन्न संघ÷संगठनहरुले मलमा दिइदै आएको अनुदान कटौति गर्ने निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। बुधबार संयुक्त पत्रकार सम्मेलन गरी कांग्रेस निकट नेपाल किसान महासंघ,एमाले निकट अखिल नेपाल किसान महासंघ र राष्ट्रिय प्रजातन्त्र पार्टी निकट नेपाल राष्ट्रिय प्रजातान्त्रिक किसान संगठनले निर्णय फिर्ता लिन माग गरेका हुन्।माग फिर्ता नभए चैत ३गते बाट आन्दोलन सुरु गर्ने जनाएका छन्।
प्रतिक्रिया दिनुहोस्